बालेनको ‘चेतावनीपछि रिहा भए’ महानगरका गाडी चालक

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारजना चालक रिहा भएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी गराएका छन् ।

“जो कोहीले यति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ,” उनले भनेका छन् ।

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ । “अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला,” उनले भनेका छन् ।

यसअघि उनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्