बाटोको कारणले दमौलीको मेन बजारबजार अस्तव्यस्त

  • ख-
  • ख+

पोखरामा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जाने प्रमुख मार्ग मुग्लिन पोखरा अन्तर्गत पृथ्वीराज मार्गमा निर्माणाधीन अवस्थामा रहेको बाटोको कारण तनहुँ जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकाम दमौली को मेन बजार अहिले अस्तव्यस्त बन्न पुगेको छ। कतै स्थानीयले सोचेको भन्दा फरक बाटो निर्माण भएको छ र कतै घरहरू भन्दा बाटोभन्दा धेरै तल हुन पुगेका छन्, अधिकृत विक्रेता सङ्घ तनहुका अध्यक्ष दिनेश कुमार श्रेष्ठका अनुसार हामीले सोचेजस्तो दमौली बजारमा बाटोको प्रकृति बन्न सकेन, बाटो क्रस गर्ने डिभाइडर हरू भनेजस्तो ठाउँमा भएन राजमार्ग बनाउने आफ्नै तरिका होला तर स्थानीय स्तरमा भएका भौगोलिक संरचनाका आधारमा निर्माण हुनुपर्ने हो कतै बाटो उचाइमा छ तर कतै बाटो घरभन्दा माथि छ त्यसैले गर्दा दमौलीको मुख्य बजार अस्तव्यस्त बनेको हो। उनी बताउँछन्। अब पहिलाका स्थापित व्यापारीहरु विस्थापित हुन पुग्नेछन्। उनको कथन रहेको थियो।  विद्युत व्यवसायी सङ्घ तनहुँका पूर्व अध्यक्ष एवं समाजसेवी महेन्द्रकुमार श्रेष्ठका अनुसार बाटो एक्सेसका कारणले गर्दा व्यापारीहरू अब छिट्टै विस्थापित हुने स्थितिमा पुगेको बताउँछन्। बजारको संरचना अनुसार संरचना बन्नुपर्ने थियो पहिले को तुलना र अहिलेको तुलनामा व्यापार धेरै खस्किएको उनी बताउँछन्। यसै त संघीयताले गर्दा र देशमा बेरोजगारीले गर्दा व्यापार कम भएको छ झन् बाटोको कारणले गर्दा व्यापार धेरै कम भएको उनले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्