बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

बाँके -बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ ।

हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो ।

हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ ओटा दमकलको प्रयोग गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्