फोहोर संकलन प्रतियोगितामा कालीभञ्जन गण प्रथम

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दीखोलामा शनिबार आयोजित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गरेर कालीभञ्जन गण (इ) प्रथम भएका छन् ।

कालीभञ्जनले एक हजार २४ किलो फोहर सङ्कलन गरेर प्रथम भएका हुन् ।उनीहरुले नगद रु दश हजार प्राप्त गरेको छ।

त्यस्तैगरी विद्यालय तर्फ प्रतियोगितामा न्यु मनकामना बोर्डिङ स्कुल प्रथम र कन्काई गोल्वल एकेडेमी द्धितीय भएको छ । उनीहरुले क्रमस: नगद रु चार हजार र दुई हजार पुरस्कारप्राप्त गरेका छन् ।

उक्त कार्यक्रमकामा विभिन्न टोल विकास संस्था, संघसंस्थागरी ५४ टिम सहभागिता रहेको थियो ।

बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गर्न लागिएको युवा अभियान्ता सुदीप गफ्फारले जानकारी दिए । चुँदीखोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन हुने गफ्फारले बताए।

सरसफाई अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्