प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर राखेर यमराजको पूजा गर्दैगर्दा पक्राउ परे पुष्कर खतिवडा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – सामाजिक सञ्जालमा आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर चिनाउँदै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुको तस्बिर राखेर एक धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाट पक्राउ गरेको हो।

पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको सूचना दिएका छन्। प्रहरीले आपत्तिजनक तरिकाले पूजापाठ गरिरहेको भेटाएपछि पक्राउ गरेको जनाएको छ।

चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए। त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका हुन्।

उनले देशमा नेताहरुका कारण अत्ति भइसकेको भन्दै धार्मिक अनुष्ठान पूरा गर्ने र त्यसका लागि साथ दिन अनुरोध गरेका थिए। आज बिहान भने खतिवडाले प्रधानमन्त्री ओलीसहित नेताहरुको तस्बिर राखेर उनीहरुको मृत्युको कामना गर्दै पूजा गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्