पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार धरौटी माग

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – भ्रष्टाचारको आरोप लागेका पूर्वमुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा मागिएको छ ।

आइतबार विशेष अदालतमा भएको थुनछेक बहसपछि उनीसँग ५० हजार रुपैयाँ धरौटी मागिएको उनका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

मुख्यसचिव हुँदा नै अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्दा पर्नेमा उनीसँगै तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्