पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

बागलुङ- वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्