नौ लाख जरिवाना तोकिएका शुक्लागण्डकीका विक पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमाैली – बैङ्किङ कसुर मुद्धामा उच्च अदालत पोखराबाट जरिवाना फैसला भई फरार रहेका तनहुँका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने ४९ वर्षीय गोपीराम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

बैङ्किङ कसुर मुद्धामा उच्च अदालत पोखराको विसं २०७९ असार १३ गतेको फैसला बमोजिम रु नौ लाख ४९ हजार जरिवाना तोकिएका उनी उक्त रकम भुक्तान नगरी फरार रहेका थिए । प्रहरीले निजलाई आज दिउँसो पक्राउ गरी जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत उपस्थित गराएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

विभिन्न अपराध एवं मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्