नुवाकोटमा ६५ वर्षीय वृद्धले गरे युवकको हत्या

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : नुवाकोटमा गए राति एकजनाको हत्या गरिएको छ । ककनी नगरपालिका–२, ठूलो चित्रेका ३० वर्षीय मंगले तामाङको हत्या गरिएको हो ।

प्रहरीका अनुसार, सोही ठाउँका ६५ वर्षीय डम्बर तामाङले उनको हत्या गरेका हुन् । मदिरा सेवन गरेका डम्बरले खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण उनको हत्या गरिएको खुलेको नुवाकोटका प्रहरी प्रमुख एवं एसपी शान्तिराज कोइरालाले जानकारी दिए । डम्बरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्