नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।

अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’

परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ ।

‘हामीले गृह प्रशासनबाट सुशासनका लागि नेतृत्वदायी भूमिका निर्वाह भइरहेको थियो । हामीले जे जसरी काम गरिरहेका थियौँ, त्यो पनि यो विकसित घटनाक्रमको एउटा कारण हुन सक्छ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्