नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

कैलाली- कैलालीको कैलारी गाउँपालिका–८, लोहरपुरस्थित तेडी बाँध नदीमा नुहाउने क्रममा डुबेर आइतबार दुई बालबालिकाको मृत्यु भएको छ ।

कैलारी–८, लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिए ।

बालक खड्काको घटनास्थलमै र बालिका साउदको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकोे उनले बताइन् । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्