धादिङ बस दुर्घटनामा ६ पुरुष र २ महिला गरि ८ जनाको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा परेको छ। बसमा २० जना यात्रु र दुइजना चालक दल सहित २२ जना थिए ।
म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनीका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।

केसीका अनुसार ३२ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए । अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए। अध्यक्ष केसीले अहिलेसम्म ८ जना यात्रुको मृत्यु भएको थाहा पाएपनि यकिन नभएको बताए।

‘टिकट काटेको बाहेक अरु यात्रु भएको जानकारी छैन,’ अध्यक्ष केसीले भने, ‘बीचमा अरु यात्रु पनि थपिएका थिएनन।’ उनका अनुसार यो बसको खास क्षमता ३२ सिट हो । तर, यात्रुलाई आरामदायी यात्रा गराउने भन्दै कम्पनिले सिट संख्या २३ मा सिमित राखेको उनले बताए । नागरिक

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्