धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन बनेकी हुन् ।

मंगलबार सामाजिक सञ्जालबाट आरती सम्पर्कविहीन भएको जानकारी गराएका मेयर हमालले खोजीमा सहयोग गरिदिन गोवामा रहेका शुभचिन्तकलाई आग्रह गरेका छन् ।

हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु, हमालले फेसबुकमा भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्