देशको अर्थतन्त्रभन्दा बैंकको निक्षेपको आकार ठूलो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपालको अर्थतन्त्र भन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक) ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो ।

लघुवित्त, सहकारी लगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ ।

बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब बढी छ । बैंकहरुमा रहेको बचतमा ५८ प्रतिशत रकम मुद्दती निक्षेपमा छ । बचत खातामा २८.९३ प्रतिशत रकम र करेन्ट खातामा ५.३१ प्रतिशत रहेको छ भने कल डिपोजिट ६.५६ प्रतिशत छ ।

५ करोड ४७ लाख ४५ हजार ५ सय ८७ वटा बचत खाता छ भने १८ लाख ८६ हजार ऋण खाता छ । यस्तै २ करोड ४० लाख मोबाइल बैंकिङका प्रयोगकर्ता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्