देवघाट स्थित बेणी संगमस्थलमा डुबेर एक पुरुष बेपत्ता

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ २१ भदौ
तनहुँको देवघाट स्थित बेणी संगमस्थलमा डुबेर बिहीबार ५७ बर्षीय एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्ला चितवन भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने रुद्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
देवघाट गाउँपालिका–५ स्थित बेणि त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा डुबेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
नदीले बगाई बेपत्ता भएको हुँदा निजको खोजतलास भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको हुन सक्ने प्रहरीको प्राराम्भिक अनुसन्धान रहेको छ,उनले भने । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्