देवघाटको संस्कृत गुरुकुलमका २० मध्ये १९ विद्यार्थीले ल्याए ए प्लस

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

देवघाट- तनहुँ देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमबाट यो वर्ष एसईई दिएका २० जनामध्ये १९ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । एक जनाको ए आएको छ ।

महेश सन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलममा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) पढाइ हुन्छ । गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार २०५२ मा स्थापना भएको गुरुकुलममा एसईई दिने यो २७ औं समूह हो ।

यस गुरुकुलमले एसईईमा सधैं उत्कृष्ट नतिजा प्राप्त गर्ने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्