दमौली अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री पाण्डे

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौली अस्पतालको सोमबार अनुगमन गरेका छन् । सो अवसरमा दमौली अस्पतालले अस्पतालको स्तरोन्नती, विशेषज्ञ डाक्टरको व्यवस्था गरिदिनुका साथै नयाँ भवन निर्माणको माग गरिएको अस्पतालका प्रमुख डा।परिवर्तन बरालले जानकारी दिए । उक्त अवसरमा माओवादी गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री हरि बहादुर चुमान, अशोक श्रेष्ठ, पुर्वमन्त्री दोबाटे बि।क, जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने पुर्व प्रदेश सांसद सरिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्