दमौलीमा वेवारिसे युवा फेला, जिल्ला अस्पतालमा उपचार हुँदै

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – तनहुँको व्यास नगरपालिका-४ दमौली बजार स्थित बजाज शाेरुम अगाडी साेमबार बिहान बेवारिसे युवा भेटिएका छन् ।

नामथर वतन नखुलेका करिब ३०/३५ वर्षीय युवा वेवारिसे अवस्थामा भेटिएका हुन् ।

हालसम्म एकिन नामथर वतन नखुलेको बर्ण गहुँगोरो दुब्लो शरिर, घाटीमा बिच्छीको ट्याटु खोपेको, कानमा टप लगाएको विरामी रहेको तनहुँ प्रहरीले जनाएको छ।

उनकाे जिल्ला अस्पताल दमाैलीमा उपचार भइरहेकाे र आफन्तकाे खाेजी कार्य गरिएकाे प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्