दमौलीमा यसरी मनाइयो श्रमिक दिवस (फोटो फिचर)

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- आज मे १ तारिख, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
श्रमिक दिवसका अवसरमा दमौलीमा विभिन्न मजदुर संगठनहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।
विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा श्रमिक दिवस मनाउन थालिएको हो ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार नेपालभर श्रमिक दिवस मनाइँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्