दमौलीमा जुवातास खेलिरहेका ७ जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- तनहुँको सदरमुकाम दमौलीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । व्यास नगरपालिका -३ अनसन चौतारीमातारी स्थितमा रहेको लक्ष्मण मल्लको घरमा स्शिवार जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षकदिपक कुमार रायले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा घरधनी मल्ल,बल राम गुरुङ,डम्मर बहादुर बराली,तुल बहादुर अधिकारी,डिल बहादुर आले,बुद्धीराज मिश्र र संजय गहतराज रहेका छन् ।

कार्यलयबाट प्रहरी अधिकृत समेतको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनीहरूलाई रु ६८ हजार सात सय ९३ र तासका पत्तिहरु ११४४ थान सहित बरामद सहित पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्