तमु सांस्कृतिक प्रतिष्ठानले तनहुँका तमु विद्यार्थीलाई छात्रवृत्ति दिने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमाैली- तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तनहुँका तमु विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । जिल्लाका जेहेन्दार विद्यार्थीलाई प्रतिष्ठानले अध्ययनमा सहयोग गर्न छात्रवृत्ति दिन लागेको हो ।

प्रतिष्ठानका अनुसार शुक्लागण्डकी नगरपालिका–१ स्थित सरस्वती माविमा अध्ययनरत आकृति गुरुङ, भानु १३ स्थित अरनिको माविका सुजित गुरुङ, आँबुखैरेनी ३ स्थित रामशाह माविका निशान गुरुङ, रामशाह माविकै रेसु गुरुङ, व्यास ६ स्थित महेन्द्रज्योति माविका योना गुरुङ, आँबुखैरेनी ६ स्थित लम्मी माविका जुना गुरुङ, व्यास २ स्थित सत्यवती माविका दिवस गुरुङ, उज्वल गुरुङ, रजित गुरुङ परीक्षामा उत्तीर्ण भएका छन् ।

त्यसका लागि प्रतिष्ठानले तमु विद्यार्थीका लागि छनोट परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षमा दश जना छात्रछात्रा उत्तीर्ण भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्