तनहुँ कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : लायन्स क्लब अफ तनहुँ दमौलीले जिल्ला कारागार तनहुँका बन्दीहरूलाई विभिन्न विधाका दुई सय तीन थान पुस्तक वितरण गरेको छ ।

कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको क्लवका अध्यक्ष रनिल रोकाले जानकारी दिए ।

पुस्तकवाट कैदीबन्दीलाई उत्प्रेरणा मिल्ने र कैद जीवनपछि समाजमा पुनर्स्थापित हुनसमेत ऊर्जा मिल्ने अपेक्षा लिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारी बताए।

प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले कैदीबन्दीले दिनभर यत्तिकै बसेर दिन कटाउनुको साटो पुस्तक पढे नयॉ कुरा सिक्न सकिने उल्लेख गरे । उनले भने, ‘एकातिर विभिन्न लेखकद्वारा लेखिएका पुस्तकबाट ज्ञान प्राप्त हुने र अर्कोतिर सरकारको ‘कारागारमा पुस्तक अभियान’मा पनि सघाउ पुग्ने हाम्रो अपेक्षा हो।’

कार्यक्रममा व्यास नगरपालिका वडा -४ का वडासदस्य सरोज भण्डारी , क्लबका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’लगायतको सहभागिता थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्