तनहुँमा ३ हजार ८ सय २३ डेङगुका बिरामी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – तनहुँमा डेङगुका बिरामीको संख्या बढ्ने क्रम जारी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार तनहुँमा बिहिबार सम्म ३ हजार ८ सय २३ जनामा डेङगुको संक्रमण भेटिएको छ ।

अधिकारीका अनुसार सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा १ हजार ५ सय ६१ जनामा डेङगुको संक्रमण देखिएको छ भने व्यास नगरपालिकामा १ हजार ४सय ७१ जनामा डेङगुको संक्रमण देखिएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकामा ४ सय ४० जनामा , भिमाद नगरपालिकामा ३७ जनामा , भानु नगरपालिकामा ४४ जनामा ,म्याग्दे गाउँपालिकामा ४२जनामा ,बन्दिपुर गाउँपालिकामा १ सय ३९ जनामा ,ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जनामा ,देवघाट गाउँपालिकामा ५३ जनामा र अन्य जिल्लाका २८ जनामा डेङगुको संक्रमण देखिएको छ ।

डेङगुको संक्रमण बढे सँगै नियन्त्रणका लागि विभिन्न किसिमको सचेतना अभियानहरु सञ्चालन गरिएका छन् । तर पनि डेङगुको संक्रमण भने बढ्ने क्रम जारी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्