तनहुँमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको तयारी बैठक अन्तिम चरणमा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली १५ भदौ
नेकपा माओवादी केन्द्रले थालेको अभियान घरघरमा माओवादी,जनजनमा माओवादी भन्ने मुल नाराका साथ अन्र्तगत तनहुँमा पनि तीब्र रुपमा तयारी बैठक संचालन हुदै आएको छ । जिल्लाको दशवटै पालिकामा तयारी बैठक अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र तनहुँले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले तीन महिने अभियानको भाद्र १६ गते उदघाटन गर्दै छन् । प्रथा सहिद दिलबहादुर रम्तेलको गाउँपालिकाबाट अध्यक्ष प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको तनहुँका इन्चार्ज शैलेन्द्र घिमिरेले जानकारी दिए । कार्यक्रम उदघाट पश्चात मंसिर १५ गते तीन महिनासम्म उक्त अभियान लागु हुनेछ । टोल,बस्ती र वडामा पुगेर नेतृत्ववर्ग कार्य कर्तासंग भेटघाट गर्दै संगठन बिस्तार कार्यमा सहयोग गर्ने छ ।
जिल्लाका दश वटै पालिकामा नेतृत्व चयन गरि खटाइएको छ । जस अनुरुप देवघाट गाउँपालिकामा देबेन्द्र पराजुली,घिरिङमा बालकृष्ण गैह्रे,भीमाद बालकृष्ण रानाभाट,शुक्लागण्डकी तेजकुमारी पौडेल,ऋषिङमा ओमराज आले,आँबुखैरेनी गायत्री गुरुड,बन्दीपुरमा खोपबहादुर कँडेल ,भानुमा हरिबहादुर चुमान,व्यासमा शैलेन्द्र घिमिरे र म्याग्देमा राजेन्द्रकेशरी न्यौपानेलाई खटाइएको छ ।
व्यासका १४ वडामध्ये वडा नं २,३,४ र ९ बाहेक अन्य वडामा तयारी बैठक सम्पन्न भैसकेको नेकपा माओवादी केन्द्र व्यास नगर समितिका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्