तनहुँका स्थानीय तहमा भोलि सार्वजनिक बिदा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – तनहुँका सबै स्थानीय तहले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । साउन २५ गते शुक्रबार ३० औं विश्व आदिवासी दिवसका अवसरमा जिल्लास्थित सबै स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाले सार्वजनिक बिदा निर्यण गरेका छन् ।

त्यस्तैगरी म्याग्दे, आँबुखैरेनी, घिरिङ, देवघाट, बन्दीपुर गाउँपालिका सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

उक्त दिन नगरपालिका अन्तर्गतका प्रमुख प्रशासकीय कार्यालय, वडा कार्यालय, विद्यालय, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था बन्द रहने जनाएको छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्