तनहुँका तीन पालिकामा भोलि सार्वजनिक बिदा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँका तीन स्थानीय तहले भोलि सोमवार स्थानीय बिदा दिएका छन् । जिल्लाका म्याग्दे गाउँपालिका गाउँपालिका,भानु र व्यास नगरपालिकाले बिदा दिएका हुन् ।

पालिकाहरुले आइतबार सूचना जारी गरी पालिकामा बिदा दिने निर्णय भएको जनाइएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्