ठूलाेघुम्तीमा जुवातास खेलिरहेका १७ जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँकाे व्यास नगरपालिका-५ ठुलोघुम्तीमा जुवातास खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा घर धनी यम बहादुर कुमाल सहित सुरेश अधिकारी, सुर्य कुमाल, बिज्ञान खनाल, मिन बहादुर थापा, बिष्णु कुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बिर बहादुर सुनार, शम्बु कुमाल, रबिन्द्र कुमाल, राज कुमार गुरुङ, शान्त बहादुर दरै, राम बहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

निजहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट दिन ६ (छ) को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्