ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा व्यासका इन्जिनियर कैनीको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् ।

कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्सा शाखामा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिन-पोखरा सडक आयोजनाको बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको पानी ट्यांकरले कैनी सवार ग१९ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए। ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । दिउँसो ४ बजेपछि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकर चालकले ट्यांकर ब्याक गरेर मोटरसाइकल चालक कैनीलाई किचेको आरोप लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्