जेसीआइ व्यास नगरको भित्तेपात्रो विमोचन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली -जिल्लामा क्रियाशिल सामाजिक संस्था जेसीआइ व्यास नगरले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । आइतबार नयाँ वर्षको शुभकामना तथा विमोचन कार्यक्रमको आयोजना गरि २०८१ सालको भित्ते पात्रो विमोचन गरेको हो ।

उक्त भित्ते पात्रो संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, पूर्व अध्यक्षहरु बलराम वाग्ले, देबकुमार श्रेष्ठ,कृष्ण सुनार र अध्यक्ष नविन पुरीले संयुक्त रुपमा विमोचन गरेका हुन् । सोही अवसरमा उनीहरुले एक आपसमा नव वर्षको शुभकामना समेत व्यक्त गरेका थिए । साथै संस्थाका पदाधिकारी तथा सदस्यहरुले पनि शुभकामना आदान प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष नविन पुरीको अध्यक्षमा सम्पन्न कार्यक्रममा शाखा सम्पादक तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक बिनोदकुमार गोशलीले स्वागत गरेका थिए भने महासचिव सनम अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्