
काठमाडौं- यूईएफए युरो कप २०२४ मा जर्जियाले पोर्चुगललाई पराजित गरेको छ । गए राति भएको खेलमा जर्जियाले पोर्चुगलविरुद्ध २-० को जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा गोल गर्दै जर्जियाले पोर्चुगलविरुद्ध अग्रता लिएको थियो । त्यस्तै ५७औँ मिनेटमा अर्को गोल गर्दै जर्जियाले पोर्चुगलविरुद्ध २-० को अग्रता लियो । त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि जर्जिया २-० ले विजयी भएको हो ।
जर्जियासँग पराजित भए पनि पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।