जनता समाजवादी की पार्टी मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको निधन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

२६ भदौ, काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ । मंगलबार बिहान ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए। उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ । उनी पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । उनको लामो समयदेखि उपचार चलिरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्