
दमौली – नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईले छात्रावासका विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । क्याम्पसद्वारा संचालित शहिद चन्द्र नेपाली छात्रावासका विद्यार्थीहरुलाई बुधवार सेनेटरी प्याड सहयोग गरेको हो ।
महिनाबारी भएको बेला छात्राहरु पठनपाठनमा असर पु¥याउने भएकाले विद्यार्थीहरुलाई प्याड उपलब्ध गराइएको इकाईका अध्यक्ष सोन आले मगरले जानकारी दिए ।
छात्रावास प्राङ्गणमा बुधवार एक कार्यक्रमको आयोजना गरी इकाईले छात्रावास प्रमुख मिन श्रेष्ठ मार्फत् विद्यार्थीलाई प्याड सहयोग गरेको छ । सेनेटरी प्याडले छात्राहरुलाई विद्यालयमा नियमित आउने वातावरण तयार गर्ने श्रेष्ठ बताईन् ।
कार्यक्रममा स्ववियु सचिव अनुप आले मगरले इकाईले विगतदेखि नै विद्यार्थीको हकहितका लागि काम गर्दै आएको बताउँदै सेनेटरी प्याडले छात्राको पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।
उक्त कार्यक्रममा जेसीआई व्यास नगरका उपाध्यक्ष डिपी थापा , नेपाल विद्यार्थी संघ तनहुँका सदस्य रिम आले मगर लगायत उपस्थित रहेको थियो ।