चितवनमा ट्रक र कन्टेनर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक बिहान साढे ६ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेल र भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतीय ट्रकका सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्