चितवनका प्रविन लागुऔषध सहित आँबुखैरेनीमा पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – पृथ्वी राजामार्ग तनहुँको आँबुखैरेनीमा गाउँपालिका-४ बेनिटारवाट नियन्त्रित लागुऔषध सहित चितवनका एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२ बस्ने २८ वर्षीय प्रविन कुमार गुरुङ रहेका छन् ।

‌पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले खण्डमा मुग्लिङ बाट आबुखैरेनी तर्फ आउदै गरेको ग.२.ख.३३३ नं. बसमा सवार रहेका प्रविनलाई  लागुऔषध सहित नियन्त्रणमा लिएर प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

सवारी साधनहरु जॉच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम, फेनरागन र नुफिन बरामद भएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्