घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमती

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–५ साँगेमा घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।

३६ वर्षीय सुनमाया कुमालको हत्या गरेको अभियोमा श्रीमान् विरुद्ध दश दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

निवार दिउँसो दिउँसो ४ बजे व्यास नगरपालिका वडा नं.५ सेरा चापटार स्थितमा आफ्नै श्रीमतीको हत्या आरोपमा गोरखाको पालुङटार नगरपालिका वडा नं. ८ दुवार स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. ५ सेरा चापटार बस्ने वर्ष ३५ को जित बहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।

कुमाल र श्रीमती वर्ष ३६ की सुन माया कुमाल बिच घरायसी कुरामा बिवाद हुँदा जित बहादुर कुमाले घरमा रहेको धारिलो हतियार दाउले श्रीमती सुन माया कुमाललाई पटक पटक प्रहार गर्दा शरीरको विभिन्न भागमा गहिरो चोट लागी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुमाल भाग्ने प्रयास गरिरहेको अवस्थामा घटनास्थल नजिकबाटै जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्