
१३ भदौ, पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिला सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया मनकला ,चुदारा यमबहादुर बोहरा र रेत भुजेल रहेका छन् ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरी सहितको टोली उद्धारमा खटिरहेका छन् । उक्त जिपमा केही बालबालिका समेत रहेको प्रहरीले जनाएको छ ।