खेलकुदमन्त्रीले थाले सन्दीपलाई अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन पहल थालेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सन्दीपलाई सहभागी गराउन मन्त्री श्रेष्ठले कुटनीतिक पहल थालेका हुन् ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच बिहीबार भएको छलफलपछि परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाइएको छ । मन्त्री श्रेष्ठले खेलाडीलाई भिसा उपलब्ध गराउन सबै किसिमको पहल गर्ने बताएका छन् ।

‘मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरिसकेको र अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्छौँ,’ श्रेष्ठले भने । नेपालस्थित अमेरिकी दूतावासले बुधबार सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

१ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप सुरु हुँदै छन् । नेपाली टोलीले अमेरिकाको ह्युस्टनमा प्रशिक्षण गरिरहेको छ । नेपालले शुक्रबार र शनिबार ह्युस्टन हुरिकेन्ससँग दुई अभ्यास खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्