काभा वुमन्स भलिबल: भारतमाथि नेपालको ऐतिहासिक जीत

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो ।

तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो । पाँचौं सेटमा १५-१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्