काभा महिला भलिबल : उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।

आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ ।

मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्