काठमाडौं महानगरले तीन स्थानमा विश्वकप क्रिकेटको नि:शुल्क लाइभ गर्ने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौं तीन स्थानमा टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठुला एलईडी स्क्रिन राखेर लाइभ गर्न लागेको हो ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रदर्शन गर्न लागिएको मेयर बालेन शाहको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए ।

नेपाली समयअनुसार मंगलबार राति सवा ९ बजेदेखि नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्