काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र  मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए ।

विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्