काठमाडौँ महानगरलाई उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनू

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ– भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएको थियो । बाँकी संरचना पनि भत्काइने महानगरले जनाएको छ ।

महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनले निवेदन दायर गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्