
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसदमा अवरोध जारी राखेको छ । अवरोधकाबीच संसदको नियमित कामकारबाही भने सुरु भएको छ ।
सांसद बद्री पाण्डेले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन् ।
कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदन कारबाही अगाडि बढाएका हुन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।