करेन्ट लगाएर गैँडा मारेको आरोपमा २ जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई करेन्ट लगाएर मारेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैँडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरूले बँदेल मार्नका लागि भन्दै तार विद्युतीय धराप थापेको र सोही धरापमा गैँडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ ।

घटनास्थल नजिकै घन, तार र किला (काँटी) भेटिएको छ । सुकेको मकै बारीमा चर्दै आएको अन्दाजी २० बर्षको पोथी गैँडा विद्युतीय धरापमा परेको थियो । गैँडाको मुखबाट रगतसमेत बगेको थियो ।

गैँडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको निकुञ्जले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्