कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- सुनिल खड्का कमेडी च्याम्पियन सिजन- ३ का विजेता बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा खड्का विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन् ।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्