एमाले व्यासको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी ललित पाण्डेले ५५ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा निर्वाचित पाण्डे नगर कमिटीको कार्यवाहक अध्यक्ष थिए । ललित पाण्डे भने केही समय अघि जिल्ला कमिटीमा पराजित भएका थिए ।

एक सय ९९ मतदातामध्ये निर्वाचनमा १६७ मत खसेको थियो । पदाधिकारी बाहेकका पद भने सर्वसम्मत भएको छ ।

उपाध्यक्षमा चिजबहादुर गुरुङ ८७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी विष्णुबहादुर पोख्रेलले ६६ मत प्राप्त गरे । सचिवमा रामचन्द्र अधिकारी ११४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी जुननारायण श्रेष्ठले ३६ मत प्राप्त गरे ।

उपसचिवमा सुदीप पौडेल ८० मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी टोपबहादुर परियारले ७९ प्राप्त गरे । उपसचिव महिलामा जौमाया रायमाझी ८४ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी मन्जु अधिकारीले ७४ मत ल्याइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्