तनहुँ- नेकपा एमाले तनहुँ जिल्ला कमिटी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा हरि कंडेलले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार रिजालले प्रतिस्पर्धी विष्णुभक्त सिग्देलभन्दा ८ मतले अग्रता लिएका हुन्।
कंडेलले ५७ मत पाएका छन् भने सिग्देलले ४९ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा राजेश्वर ढकालले ५३ र श्रीराम कार्कीले ५३, सचिवमा प्रदीपराज अधिकारीले ५३ र अनिल पाण्डेले ५२, उपसचिवमा खिम कुमालले ६० र आरके पोख्रेलले ४२, उपसचिव महिलामा सुनिता नेपालीले ५५ र बसुन्धरा घर्तीले ४७ मत प्राप्त गरेका छन् ।
शनिवार राति भएको मतदानमा सहभागी कूल ५ सय ८५ जना प्रतिनिधि मतदाता रहेकोमा ५ सय ६० मत खसेको थियो।

