
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोसी प्रदेश कमिटीले चारजनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।
त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।