उच्च मूल्यबाट एकैदिन ४ हजार घट्यो सुनको भाउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्