उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्